धादिङका खड्का लागुऔषध गाँजा सहित बेनिटारबाट पक्राउ

दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ वेनीटारबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका – ७ सुनौला बजार बस्ने बर्ष २२ को कृष्ण बहादुर खड्का रहेको छ ।

मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको ना. ४ ख. ६३५६ नं.को यात्रु वाहक बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार खड्कालाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।

प्रहरीले उनको साथबाटनिलो झोला भित्र लुकाई राखेको अवस्थाको ६ के.जी. अवैध लागुऔषध गाँजा बरामद गरेको छ।

खड्कालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई लागु औषध गाँजा मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?