
दमौली : तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको प्रकरणमा प्रहरीले निज महिलाका श्रीमानलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास नगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका बुधबार पत्रकार सम्मेलन मार्फत् प्रहरीले सार्वजनिक गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार आरोपित श्रीमान विष्टलाई मङ्गलबार राति व्यास नगरपालिका–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको जनाएको छ ।
मृतक व्यास नगरपालिका–१२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रङ्गिला भुजेल रहेको ले जानकारी दिए।विष्टले श्रीमतीलाई डेरामै हत्या गरेर बोरामा बोकेर चिहानडाँडा नजिकको नालाको कल्भर्टमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतक रङ्गिलाले दुई वटा सिम प्रयोग गर्ने गरेको र सोही कारण श्रीमान् श्रीमतीबीच मनमुटाव हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सामाजिक संञ्जालमार्फत चिनजान भई २०८० बैशाख १ गतेका दिन प्रेम विवाह भएको थियो । बिवाह पश्चात व्यास नगरपालिका–४ मा डेरा गरी दुवै जना बस्दै आएको अनुसन्धानबाट खुल्न आएको पनि प्रहरीले जनाएको छ ।
मृतकका बुबा मनबहादुर भुजेलले केही दिन देखि छोरी हराएको भनि छोरीको फोटो सहितको हुलिया र निवेदन यस प्रहरी कार्यालयमा पेश गर्नु र उक्त स्थानमा शंकास्पद शव फेला पर्नुले प्रहरीलाई शव पहिचान गर्न सहज भएको उनले बताए ।
पक्राउ परेका विष्ट उपर जिल्ला अदालत तनहुँबाट आज पाँच दिनको म्याद थप गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?