नेपाल प्रतियोगिताको सानदार सुरुवातीसंगै दुई खेलमा दुवै खेल जित्दै इतिहासकै सफल सुरुवात गर्न सफल भएको छ । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो खेलमा नेपालले आइतबार भारतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।
सहभागी पाँच टोली मध्ये आयोजक माल्दिभ्स, नेपाल र बंगलादेशले समान २ खेल खेल्दा बंगलादेश र श्रीलंकाले ३ खेल खेलिसकेका छन् । जसमा नेपाल ६ अंकका साथ शीर्षस्थानमा छ भने बंगलादेशको ४ अंक, माल्दिभ्सको ३ अंक र भारतको २ अंक छ । श्रीलंका १ अंकका साथ अन्तिममा छ ।
६ अंकसहित शीर्षस्थानमा रहेको नेपाललाई अघिलो टोलीको खेलले पनि निकै फाइदा पुगेको छ । आजको खेलमा जित हासिल गर्न सके फाइनल यात्रा पक्क गर्नेछ । भारत भने प्रतियोगितामा फाइनल पुग्ने सम्भावना बलियो बनाउन जित्नैपर्ने बाध्यता रहेको । आजको खेलमा हार बेहोरे भारतले अन्य खेलको नतिजा अनुकूल भएमात्र फाइनल खेल्ने सम्भावना रहन्छ ।त्यसैले भारत नेपाललाई हराउन चाहन्छ भने नेपालले भारतलाई दबाब दिदै जित पक्क गर्ने दाउमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?