बन्दीपुर अस्पतालमा ‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

बन्दीपुर :  तनहुँको बन्दीपुर गाउँपालिका वडा नं। ४ स्थित  बन्दीपुर अस्पतालमा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर यहि असार शुक्रबार देखी सुरु हुने भएको छ ।

स्वास्थ्य शाखाको बार्षिक कार्यक्रम अनुसार यहि असार ८ र ९ गते   शिबिर समेत संचालन हुन लागेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइले बताए ।

नेपाल क्यान्सर केयर अष्पताल र नेश्नल हस्पिटल एण्ड क्यान्सर सेन्टर जाउलाखेलको प्राबिधिक सहयोगमा महिलाहरुको  लागी स्तन क्यान्सर सम्बन्धी परिक्षण पाठेघरको मुखमा हुने क्यान्सर परिक्षण (भिआए टेस्ट) हुन लागेको हो ।

फैलिँदो स्तन क्यान्सर र पाठेघर क्यान्सरबाट धेरै महिलाबाट यसबाट पीडित बनिरहेको अवस्थामा शिविरबाट लाभ लिन समेत आयोजकले अनुरोध गरेको छ।स्तन र पाठेघरको उपचार निकै महँगो भएकाले समयमै यो रोगको पहिचानका लागि बन्दीपुरका सो कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्या सुरेन्द्र बहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?