राष्ट्रपतिको मुटुमा पुनः समस्या, राति नै अस्पताल लगियो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा  पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै  मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ ।

पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल  पुर्‍याइएकाे थियाे ।

स्राेतका अनुसार  टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएकाे छ । अहिले उनकाे सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ ।

केही दिन अघि पनि मुटुमा समस्या आएपछि  अस्पताल भर्ना भएका थिए ।  उनी अघिल्लाे महिना मात्रै भारतकाे नयाँदिल्लीमा  उपचार गरी फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?