काठमाडौं : ‘मिस एसईई नेसनल–२०२३’को ताज कृतिका रेग्मीले जित्न सफल भएकी छन् । उनले अन्तिम स्पर्धामा भ्युअर्स च्वाइस विधासमेत हात पारेकी छन् ।
प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदीति ढकाल सेकेन्ड रनर अप भएका छन् । त्रीदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदीतिले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन् ।
प्रतिस्पर्धा अन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनरअपतर्फ कृस्टिना ढुंगाना भए । सुजिनाले म्यानेज्मेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बनिन् ।
प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रूपमा विजेता घोषित भएका आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?