
दमाैली : तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकी प्रमुख माथि आक्रमण भएको भन्दै सुरक्षा माग गरिएको छ ।
नेपाल स्वास्थ्यकर्मी सङ्घ व्यास नगर समितिले आइतबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै क्षेत्रीमाथि साङ्घातिक आक्रमण गरेको भन्दै सुरक्षा माग गरिएको छ ।
गएराति गरपालिका–९ स्थित गजुरे ठाउँकै ३० वर्षीय सन्तोष थापा लगायतका केही व्यक्तिहरुले मादक पदार्थ सेवन गरी आक्रमण गरेको भन्दै सुरक्षा माग गरिएको जनाएको छ । ज्ञापनपत्र बुझाउँदै क्षेत्रीमाथि साङ्घातिक आक्रमण गर्नेलाई पक्राउ गरी कानूनी दायरामा ल्याएर कारवाही गर्न माग गरेको छ ।
सो अवसरमा प्रजिअ रिजालले आक्रमणको प्रयास गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाले सत्यतथ्य बुझेर दोषीलाई कारबाही गरिने बताए ।
फर्जी मेडिकल रिपोर्ट बनाउन दबाब सिर्जना गर्ने र सो कार्य गर्न अस्वीकार गर्दा क्षेत्रीमाथि ढुङ्गा, मुढा र बियरको बोतल प्रयोग गरी आक्रमण गरिएको ज्ञापनपत्रमा उल्लेख गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?