आँबुखैरेनीमा चट्याङ लागेर एक जना युवाको मृत्यु

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ खाल्टेपानीमा चट्याङ लागेर शुक्रबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २० वर्षीय प्रितम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका भएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

वर्षासँगै परेको चट्याङले स्थानीय डिलबहादुर गुरुङको एकतले कच्ची घरमा एक्कासी चट्याङ पर्दा घरभित्र रहेका निजका छोरा प्रितमको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?