टिम नेपो तनहुँलाई एकसाथ नौ अवार्ड

दमौली : टिम नेपो तनहुँले एकसाथ नौ अवार्ड प्राप्त गरेको छ ।

नेपाेकाे टिम नेपाे युथ कन्भेन्सका अवसरमा तनहुँले नाै अवार्ड प्राप्त गरेकाे अध्यक्ष रवि अधिकारीले जानकारी दिए।

टिम नेपो तनहुँले उउत्कृष्ट अध्यक्ष, कारागारमा पुस्तक परियोजना, समाजिक कार्यक्रममा सक्रियता, विभिन्न क्षेत्रमा रहेर अवार्ड  प्राप्त गरेका छन् ।

क्लवले प्राप्त गरेको अवार्डले क्लवका गरिमा बढ्नुका साथै सबै  हौसला मिलेको अध्यक्ष रवि अधिकारीले बताए ।

टिम नेपो तनहुँले विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको र नेपालभरिकाे मूल्याङ्कन गर्दा टिम नेपो तनहुँले सबै भन्दा बढि अवार्ड प्राप्त गर्न सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?