दमौली : तनहुँको घिरिङ गाउँपालिका करूवाटारमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घिरिङ गाउँपालिका-४ करूवाटार स्थित सालिग्राम कोरीडोर मोटर मार्गमा बस्ने ५९वर्षीय टेक बहादुर सोती मगर रहेको छ ।
मगरलाई अवैध रूपमा एकनाले भरूवा बन्दुक साथमा लिएको अवस्थमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
हिडीरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा निजको साथबाट फलामको छर्राका टुक्रा, बारुद, प्लाष्टिक कागजको टुक्रा, पटका समेत फेला परेको तनहुँ प्रहरीले जनाएको छ ।
तनहुँ जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?