वडा कार्यालय भवनको शिलान्यास

दमौली : तनहुँको ऋषिङ गाउँपालिका वडा नं १ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ ।

बिहिबार झाँपुटारमा वडा भवन कार्यालयको शिलान्यास  जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले शिलान्यास गरेका हुन् ।

वडा भवनको शिलान्यास गर्दै प्रमुख अतिथी वाग्लेले भवन निर्माण सगै सेवाग्राहीहरुलाई सुविधा पुग्ने बताएका थिए । साथै निर्धारित अवधिमा नै भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाका वडा भवन निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखिएको र सोही अनुरुप १ नम्बर वडाको भवन निर्माण कार्य अगाडि बढाईएको बताए।

उक्त कार्यक्रममा उपाध्यक्ष गिनु माया थापा, प्रमुख प्रशासकिय अधिकृत चिन बहादुर रानाभाट, प्रवक्ता विजय दरै, वडाध्यक्ष  कुश वहादुर थापा लगायत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?