पत्रकार महासंघ तनहुँमा पनि तालाबन्दी

दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखामा पनि तालाबन्दी भएको छ ।

एनजिओमा जागिरेहरुको सदस्यता नवीकरण गरेको विरोधमा प्रेस चौतारी तनहुँका उपाध्यक्ष कृष्ण न्यौपानेको नेतृत्वमा शाखामा तालाबन्दी  गरेको हो ।

शुद्धिकरणका नाममा गैर पत्रकार, क्रियाशील नभएका र एनजिओमा जागिरेहरुको सदस्यता नवीकरण गरेको विरोधमा तालाबन्दी गरेको जनाएको छ।

चौतारी तनहुँका उपाध्यक्ष  न्यौपानेले शाखाको शुक्रबार बसेको बैठकले गैर पत्रकार, क्रियाशील नरहेको र श्रमजीवि पत्रकार भन्दा पनि आसेपासेको सदस्यता सिफारिस गरेको विरोधमा तृत्वमा शाखामा तालाबन्दी गरिएको बताए।

शुद्धिकरण अभियानबारे थप छलफल नगरेसम्म ताला नखुल्ने जनाएको छ ।

तस्विर : मदन तिमिल्सिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?