दमौली । तनहुँको दमौलीमा संचालनमा रहेका ७ वटा आयुर्वेद पसलहरु सिल गरिएको छ । मंगलबारजिल्ला प्रशासन कार्यालय, तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रैको संयोजत्वमा व्यास नगरपालिका र जिल्ला आयुर्वेद कार्यालय तनहुँका कर्मचारीले अनुगमन गरी ओपिडि सहित संचालनमा रहेका ७ वटा पसललाई सिल गराएका हुन्।
अनुगमनको क्रममा व्यास २ स्थित रहेको रुक्शल आयुर्वेद फर्माले स्थानिय तहमा दर्ता नगरेको र औषधी पसल दर्ता गरि बिरामी परिक्षण गर्ने गरेको पाईएपछि सिल गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । त्यस्तै आरोग्य फार्मेसीले स्थानिय तहमा दर्ता नगरेको,एलोपेथि र होमोपेथि औषधी दुबै बिक्री गरेको , औषधी खुल्ला रूपमा भेटिएको , फार्मेसी मापदण्ड बिपरित सञ्चालनमा रहेको पाईएपछि सिल गरिएको बताए ।
व्यास २ गणेशमान चोक स्थित रहेको अनमोन आयूर्वेद स्वास्थ्य क्लिनिकले नविकरण नगरेको,क्लिनिक मापदण्ड अनुसार नरहेको र एलोपेथि औषधी बिक्री गर्ने गरेको पाईएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उने भने “उक्त क्लिनिकलाई शिल गरि फार्मेसी मात्र संचालन गर्न दिईएको छ , एक सातामा पसल नविकरण गर्न निर्देशन दिईएका छौं”
जिल्ला आयुर्वेद कार्यालयका आयुर्वेद चिकित्सक रामप्रमोद मण्डलका अनुसार व्यास होमियो फार्मेसीमा होमियो फार्मेसी दर्ता भएकोमा क्लिनिक तथा प्रयोगशाला संचालन भएको र ल्याव र क्लिनिक पनि दर्ता नभएको पाईए पछि सिल गरेको बताए ।
तेस्तै व्यास २ मा रहेको स्पार्क दमौली अस्पताल र आयुष होमियो फर्मालाई पनि सिल गरिएको छ । उक्त पसल दर्ता चलानी नै नभएको , म्याद सकिएको औषधी फेला परेको, औषधी पसल दर्ता गरि क्लिनिकको रूपमा सञ्चालन गरेको पाईएको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले बताईन् ।
प्रकाश आयुर्वेदिकमा आयुर्वेदि पसलमा दर्ता गरि एलोपेथि औषधी बिक्री गर्ने गरेको , औषधी पसलमा क्लिनिकको सेवा सञ्चालन गरेको र चिकित्सक बिना अनाधिकृत व्यक्तिले बिरामी परिक्षण गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रैले वताए । उनका अनुसार उक्त पसलबाट एलोपेथि औषधी बरामद गरि सिल गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रैको संयोजत्वमा गरिएको अनुगमनमा जिल्ला आयुर्वेद कार्यालयका आयुर्वेद चिकित्सक रामप्रमोद मण्डल लगायतको उपस्थिती रहेको थियो ।
प्रशासन लगायतको टोलीले यस अघि अस्पतालहरुको पनि अनुगमन गरेको थियो ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?