बराही युवा क्लब व्यास-१४ रसि भञ्ज्याङ्गको दसौं औं साधारणसभा एबं चौंथो औं अधिबेशनमा दल बहादुर थापालाई सर्वसम्मत अध्यक्ष चयन गर्दै सु-सम्पन्न भएको छ।
उम बहादुर थापाको प्रमुख आतिथ्य तथा क्लबको निवर्तमान अध्यक्ष खष्टीराम थापाको सभापतित्वमा शुक्रबार सम्पन्न अधिबेशनबाट १७ सदस्यीय कमिटी गठन गरीएको क्लबका अध्यक्ष दल बहादुर थापाले दमौली आनलाईनलाई जानकारी दिएका छन् ।
थापाले समितिको उपाध्यक्षमा लेख बहादुर थापा सचीव भोज बहादुर थापा ,सहसचिव सन्दिप आले ,कोषाध्यक्षमा सन्जिला थापा रहेका छन् भने सदस्यहरुमा क्रमश: अजय थापा ,चमे थापा , मधु थापा ,कोशिला आले ,अन्जना थापा ,रबि थापा ,अमृत थापा ,सागर थापा ,शिव थापा ,रश्मि थापा , बिजय थापा ,पबिन थापा ,निर्बिरोध चयन भएको समेत जानकारी दिए ।
क्लबको सल्लाहकारमा संरक्षकमा भने निवर्तमान अध्यक्ष खष्टीराम थापा, रसि भञ्ज्याङ्ग गूठीका अध्यक्ष उम बहादुर थापा र कृष्ण बहादुर थापा रहेका बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?