तनहुँमा बिहानै देखि भारी वर्षा, सतर्क रहन सरकारकाे आग्रह

दमौली : नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज बिहान साढे ७  बजेसम्मको रेकर्ड अनुसार तनहुँ र आसपास भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाका कारण सो क्षेत्र भई बहने स-साना नदीहरु तथा डुवान भइरहने होचो स्थानहरुमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।

भारी वर्षा भइरहेकोले जोखिम बढ्ने भन्दै महाशाखाले आवश्‍यक सतर्कता अपनाउन आग्रह गरेको छ।

नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासको स्थानमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भएर बहने स–साना नदी तथा खोलामा बाढी आएको छ । तिनाउ नदीका सहायक, पश्चिम राप्ती नदीका सहायक नदीहरूमा आकस्मिक बहाव भएकाले जोखिमबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

आज राति देशभर सामान्य बदली रहने छ । सबै प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?