एनआरएनए कतार सदस्यमा झापुटारका आलेको उम्मेद्‍वारी घोषणा

दमौली : तनहुँको ऋषिङ गाउँपालिका- १ झापुटार निवासी हेम बहादुर आलेले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए / एनसीसी) कतारको सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

आलेले सामाजिक सञ्जालमार्फत आगामी कार्यकाल २०२३/२५ का लागि सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन।

एनआरएनए कतारको दशौँ राष्ट्रिय महाधिवेशन ३० जुलाइमा हुँदैछ भने कार्यसमिति चयनका लागि निर्वाचन २१ जुलाइमा हुने तालिका छ।आलेले कतारमा कार्यरत नेपालीहरूको समस्यालाई मध्यनजर गर्दै उनीहरूको लागि कार्ययोजना ल्याउने बताएका छन्।

‘वैदेशिक रोजगारीका लागि कतारमा आएका नेपाली कामदारका समस्या न्यूनीकरण गर्न प्रयत्न गर्नेछु,’ उनले चुनावी एजेण्डामा भनेका छन्, ‘दूतावाससँग समन्वय गरेर संघको श्रमिक विभागलाई थप प्रभावकारी बनाउँछु।’

तनहुँ सेवा समाज कतारको सचिव समेत रहेका उनले श्रमिक कल्याणकारी कोषका विषयमा सचेतना अभियान सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?