दमौली : तनहुँको घिरिङ गाउँपालिकामा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घिरिङ गाउँपालिका -३ डाँडाथोकका ५८ वर्षीय टेक बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए।
एकनाले भरूवा बन्दुक साथमा लिई हिडेको अवस्थामा फेला पारी तत्काल बुधवार विहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।
हातहतियार खरखजना मुद्दा शिर्षकमा आज जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?