मुग्लिन : नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सुचारु भएको छ ।
पहिरो पन्छाएर सकेसँगै सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
थप पहिरो नखसेको र धमाधम पहिरो पन्छाउने काम भएकाले अनुमान गरेको समयभन्दा अगावै सडक सुचारु भएको सडक डिभिजनका सूचना अधिकारी चण्डेश्वर साहले बताए ।
इच्छाकामना–६ कालिखोला नजिक आज बिहान ७ बजे सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?