पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४ सय ९६ औँ जन्मोत्सवको अवसरमा आज दमौलीमा र्याली निकालिएको छ । मुस्लिम समुदायका धर्म गुरु हुन् पैगम्बर हजरत मोहम्मद मुस्ताफा । मुस्लिम समुदायले मुलुकको समृद्धि र नेपालीबीच सद्भभावको कामना गर्दै दमौलीमा र्याली प्रदर्शन गरिएको थियो ।
दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा सुरु भएको र्याली मुख्यचोकबाट डाङ्ग्रेखोल्सी, सत्यवती मावि लाइन, प्रशासनचोक, सफासडक, न्युरोड, कालिकामार्ग हुँदै मस्जिद पुगेर समाप्त गरिएको थियो । र्यालीमा सहभागीहरूले प्ले कार्ड, धार्मिक वस्त्र, धार्मिक झन्डा, राष्ट्रिय झन्डासहित जन्मोत्सवको खुसीयालीमा नारा समेत लगाएका थिए ।मोहम्मदको जन्म इस्लामी पात्रो हिजारी सम्वतको रब्बिउल औवल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको मानिन्छ। उनको निधन भने ६३ वर्षको उमेरमानै साउदीकै मदिनामा भएको थियो ।
मोहम्मदको जन्मदिनको अवसरमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गर्छन । जन्मदिनको खुसीयालीमा मुस्लिम समुदायले जश्ने इद मिलादुन नवि (रबिउल औवल) को रूपमा समेत मनाउने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?