टी-२० विश्वकपमा नेपालले गुमाएको अवसर तर नेपालभन्दा वरीयतामा तल रहेका पाँच रास्ट्रले खेलिरहेका छन् विश्वकप

आइसिसी टी-२० विश्वकप २०२१ अन्तर्गत अहिले पहिलो चरणका खेल भइरहेका छन्। सन् २०२० मा गर्ने भनिएको यो विश्वकप कोभिड-१९ का कारण एक वर्ष सरेको थियो। विश्वकपका लागि भने सन् २०१९ अन्तिम छनोट भएको थियो।

पहिलो चरणमा चार/चार टिम रहेको दुई समूहमा प्रतिस्पर्धा भइरहेको छ।  समूहबाट विजेता र उपविजेता सुपर-१२ मा पुग्नेछन्।

सन् २०१८ को डिसेम्बरसम्म आइसिसीको टी–२० वरीयताको शीर्ष १० टिम टी–२० विश्वकपका लागि छनोट भएका थियो ।

नेपाल भने एसिया छनोटबाटै बाहिरिएको थियो। नेपाललाई एसिया छनोटमा सिंगापुरले पछि पारेपछि नेपालले विश्व छनोट खेल्ने अवसर गुमाएको हो ।

वरीयताका आधारमा भने भारतसँगै पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, श्रीलंका  र बंगलादेश विश्वकपमा सोझै  छनोट भएका हुन् ।

विश्व छनोटबाट भने आयरल्यान्ड, पिएनजी, स्कटल्यान्ड, ओमान, नेदरल्यान्ड्स र नामिबियाले विश्वकपमा स्थान पक्का गरेका हो ।

अहिलेको वरीयता हेर्ने हो भने नेपाल १३औं स्थानमा छ।

वरीयतामा नेपालभन्दा तल रहेका पाँच रास्ट्रहरुले अहिले विश्वकप खेलिरहेका छन्।

 

वर्तमान टी-२० विश्व वरीयता
१.    इंग्ल्यान्ड
२.    भारत
३.    पाकिस्तान
४.    न्युजिल्यान्ड
५.    दक्षिण अफ्रिका
६.    बंगलादेश
७.    अस्ट्रेलिया
८.    अफगानिस्तान
९.    वेस्ट इन्डिज
१०.    श्रीलंका
११.    जिम्बावे
१२.    आयरल्यान्ड
१३.    नेपाल

वरीयतामा नेपालभन्दा तल रहेका रास्ट्रहरु

१४.    स्कटल्यान्ड
१५.    पपुवा न्युगिनी
१६.    युएई
१७.    नेदरल्यान्ड्स
१८.    ओमान
१९.    नामिबिया
२०.    सिंगापुर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?