तनहुँको आबुखैरेनी गाउँपालिकामा पाँच वर्षसम्मका बालबालिकालाई यसै महिनाको कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने मिति तय भएको छ ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन गाउँपालिकाले सबै अभिभावकहरुलाई अनुरोध गरेका छन्। ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए साथै जुका औषधि खुवाइने गाउँपालिकाले जनाएको छ ।
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम गत वैशाख ६ र ७ गतेका लागि नै तय भएता पनि कोरोना भाइरसको महामरिले उपयुक्त समय नभएको भन्दै चैत्र २१ गते स्थगित गरिएको थियो । सोही कार्यक्रम अहिले सुचारु गरिएको हो। कोभिड -१९ को संक्रमण जोखिम कायमै रहेको अवस्थामा जनस्वास्थ्य मापदण्ड २०७७ परिचालन गरि कार्यक्राम संचालन गर्ने भएको छ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालबाट भिटामिन ए कार्यक्रम सन्चालन गर्दै आएको छ।
भिटामिन ए र जुकाको औषधि खुवाउन खोप केन्द्रहरु
- सत्रसय आधारभुत स्वास्थ्य केन्द्र – वडा नं. १
- तिलबारी स्वास्थ्य केन्द्र – वडा नं.२
- आबुखैरेनी स्वास्थ्य चौकी- वडा नं. ३
- आम डांडा सहरी स्वास्थ्य केन्द्र- वडा नं. ४
- भांगे आधारभुत स्वास्थ्य केन्द्र- वडा नं. ४
- छिम्केस्वारी स्वास्थ्य चौकी- वडा नं. ५
- देउरली स्वास्थ्य चौकी- वडा नं. ६
- प्युघर सहरी स्वास्थ्य केन्द्र- वडा नं. ६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?