तनहुँमा राष्ट्रिय जनगणना २०७८ को तयारी अन्तिम चरणमा

प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना २०७८ को तनहुँमा तयारी अन्तिम चरणमा पुगेको  छ । मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८ भन्ने मुल नाराका साथ यस महिनाको  कार्तिक २५ देखि मंसिर ९ गते सम्म हुने जनगणनाका लागि अन्तिम चरणमा पुगेको जिल्ला जनगणना कार्यालय तनहुँका प्रमुख नन्दलाल सापकोटाले जानकारी दिएका छन्  ।

यस जिल्लाका तथ्यांक लिनका लागि घरघरमा खटिने गणकहरुको अन्तिम नामावली भोलि ६ गते प्रकाशन गरे पछि   गणकहरुलाई जिल्लाका आँबुखैरेनी, डुम्रे, दमौली, खैरेनीटार र भिमाद गरि ५ ठाउँमा यसै महिनाको  कार्तिक १३ गते देखि १६ गते सम्म ४ दिन प्रशिक्षण दिईनेछ । तथ्यांकका लागि घरघर पुग्ने गणकले आँफूलाई खटाईएको क्षेत्रमा भौगोलिक विकटता हेरी १ सय ८०  देखि २ सय ५० घरधुरीको तथ्यांक लिनु पर्ने छ जसमा जिल्ला भरि ९१ हजार घरधुरी रहेको  प्रमुख सापकोटाले बताएका छन्  ।

यस पटकको जनगणनावाट  वडागत घरपरिवारको आर्थिक अवस्था , सामाजिक, कुन परिवारमा कतिजना, परिवारमा कतिजनाको  बैंकमा  खाता खोलेका छन्, ऋण लिएका छन् वा छैनन , सरकारी अनुदानमा बनेका घर, ब्याबसायिक, प्राविधिक शिक्षा तालिम,  जनगणनाबाट प्राप्त हुनेछ  । त्यसैगरी जनगणना कार्यक्रम अन्तरगत सुपरीबेक्षकले भदौ ३० देखि असोज १८ गतेसम्म शुद्धिकरणको काम सम्पन्न गरिसकेका छ भने  जसबाट  तनहुँ जिल्ला भरिमा ९१ हजार घरधुरी रहेको तथांक  प्राप्त भएको जिल्ला तनहुँका प्रमुख सापकोटाले बताए ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?