दिवाकालीन आधारभूत प्राथामिक उपचार प्रशिक्षण हुने

तनहुँको व्यास-१ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसको युवा रेडक्रस सर्कलले दिवाकालीन आधारभूत प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सर्कलका अध्यक्ष सन्देश अधिकारीको अध्यक्षतामा आज  शुक्रबार बसेको बैठकले आगामी कार्तिक २६ र २७ गते कार्यक्रम गर्ने निर्णय गएको छ  ।

व्यास नगर क्षेत्र भित्र रहेको सबै माध्यमिक विद्यालयका दुई/दुई जना जुरेसका सदस्यको  सहभागिता रहने गरी दुई दिने दिवाकालीन आधारभूत प्रथामिक उपचार प्रशिक्षण कार्यक्रम क्याम्पसमा गरिने क्याम्पसको युवा रेडक्रस सर्कलकी  सचिव सुनिता तिवारीले जानकारी दिईन् ।बैठकमा सर्कलका संरक्षक एवम क्याम्पस प्रमुख महाप्रसाद हडखले,शिक्षक नायब लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?