दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ डम्पिङ साईडबाट लागुऔषध सहित दुई जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका -३ मा बस्ने वर्ष ३३ का सुरेन्द्र चुमान र गोरखाको गोरखा नगरपालिका-१४ याङ्कोटमा बस्ने बर्ष ३० को जिवराज सेडाईला रहेको छन् ।
पैदल हिडिरहेका चुमान र सेडाईलाई शंका लागि नियन्त्रणमा लिई शरिर तलासी लिदा चुमानले बोकेको फेन्सी झोला भित्रलाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।
प्रहरीले पटेलको साथबाट १४ थान डाइजेपाम, १३ थान फेनरागन र -१४ थान नुफिन बरामद गरेको छ।
उनीहरुलाई आइतबार तनहुँ अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?