तनहुँ एमालेको वडा अधिवेशन : अधिकांशमा वडामा सर्वसम्मत

तनहुँ : नेकपा (एमाले) को प्रथम वडा अधिवेशन आयोजना शनिबार गरिएको छ । सोही तालिका अनुसार एमाले तनहूँ ८५ वटै वडामा पनि शनिबार नै वडा अधिवेशन आयोजना गरिएको थियो । पार्टी केन्द्रको निर्देशन अनुसार शनिबार जिल्लाका सबै वडामा एकै साथ अधिवशेन सुरु गरिएको छन् ।

वडा अधिवेशलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहान १०.३० बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एक्लै सबै तहमा शानदार बहुमत ल्याउने गरी पार्टीले तयारी गरेको बताएका थिए ।

तनहुँका अधिवेशनलाई एमालेका जिल्ला स्तरीय नेताहरुले पनि सम्बोधन गरेका छन् । अधिवेशनबाट सबै वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । व्यास नगरपालिकाका १४ वटै वडामा पनि शनिबार नै सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । जसमा व्यास नपाका अध्यक्षहरुमा वडा नम्बर १ को गणेश खाती, २ को महेन्द्र रिजाल, वडा नम्बर ३ मा जुन नारायण श्रेष्ठ, वडा नम्बर ४ मा चिज ब. गुरुङ्ग, ५ मा राजकुमार श्रेष्ठ विवि, ६ मा टोप बहादुर परियार, ९ मा रामचन्द्र आचार्य, १० मा मदन तिमिल्सिना, ११ मा सन्जय श्रेष्ठ, १२ मा लालबहादुर अधिकारी, १३ मा हिम बहादुर आले र १४ मा दिल बहादुर राना चयन भएको जिल्ला अध्यक्ष केदार सिग्देलले जानकारी दिए । वडा नम्बर ७ र ८ को अधिवशेन आईतबार हुने भएको छ ।

जिल्लाका सबै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमाले जिल्ला अध्यक्ष  सिग्देलले बताए । अन्य वडाहरु आईतबार साँझ ५ बजे सम्म नेतृत्वको नाम जिल्ला कार्यालयमा आईसक्ने अध्यक्ष सिग्देलले बताएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?