
तनहुँ : व्यास-१ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कल सर्कलले रगतदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
हाल जिल्लामा रगतको माग धेरै रहेकाले यसको माग पूर्तिलाई मध्यनजर गर्दै रगतदान आयोजना गर्न लागेको सर्कलको सचिव सुमन खडकाले जानकारी दिए ।
सर्कलका कार्यबाहक अध्यक्ष दिनेश बिश्वकर्माको अध्यक्षतामा आज आइतवार बसेको बैठकले आगामी कार्तिक ११ गते बिहान ७ बजे कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।
बैठकमा सर्कलका संरक्षक रामभक्त घिमिरे ,उपाध्यक्ष अस्मिता अधिकारी , सहसचिव तुलसी अधिकारी लगायत सर्कलका अन्य सदस्यहरुको समेतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?