दमौली : तनहुँको व्यास नगरपालिका–११ गैराबारीमा एक किलो चार सय ग्राम लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोहि स्थानका २६ वर्षीय राहुल नेपाली रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।
निजले घरको कोठाभित्र लुकाइ राखेको अवस्थामा जम्माएक किलो चार सय ग्राम गाँजा सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनी विरुद्ध बुधवार तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको अनुसन्धान कार्य भई रहेको तनहुँ प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?