दमौली : ब्राह्मण समाज नेपाल व्यास नगरको अध्यक्षतामा विशेश्वर सुवेदी सर्वसम्मत चयन भएको छ । शनिवार दमाैलीमा भएको नगरको दाेस्राे अधिवेशनले सुवेदीलाई सर्वसम्मत रुपमा अध्यक्षतामा चयन भएको हो ।
समितिकाे उपाध्यक्षमा कृष्ण पन्त , सचिवमा ऋषिराम ढुंगाना , सहसचिवमा गाेमा बास्तोला र काेशाध्यक्षमा शर्मिला ओझा चयन भएका छन् ।
त्यस्तैगरी, समितिकाे सदस्यहरूमा सरस्वती पाण्डे गैर्हे , अनिता घिमिरे , माेहन भण्डारी , सिद्धिभक्त पण्डित , मनहरी अधिकारी , धर्मराज बगाले , श्रीराम खनाल ,रमेश प्रसाद , आचार्य , गिता देवी घिमिरे र उमाकान्त रेग्मी चयन भएका छन् ।
प्रेमप्रकाश भट्टराईकाे अध्यक्षतामा भएको अधिबेशनको ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा नारायण प्रसाद अधिकारीले उद्घाटन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?