फुटबल स्टार विमलले गरे विवाह

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगरले विवाह गरेका छन्। प्रेमिका लिना प्रधानसँग उनले काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका हुन्।

सामाजिक सञ्जाल फुसबुकमार्फत् उनले विवाहको तस्बिर सार्वजनिक गरेका हुन्।

तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘मेरो हिजो, आज र सधैं…. र, उनी अरु कोही होइनन्, मेरो अर्धाङ्गिनी।’

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका उनले त्यहाँबाट निस्केर विवाह गरेका हुन्।

लिनासँग विमल पाँच वर्षदेखि प्रेम सम्बन्धमा थिए। माल्दिभ्समा फुटबल खेल्न जाँदा लिनासँग उनको पहिलोपटक भेट भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?