अब घरबहालमा बस्नेको अनिवार्य रुपमा परिचयपत्र चाहिने

नेपाल सरकार गृह मन्त्रालयले अब कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचयपत्र माग्न सार्वजनिक रुपमै अपिल गरेको छ ।

भारतको सुनौलीबाट रुपन्देहीको बेलहिया नाका हुँदै गैरकानुनी रुपमा नेपाल भित्रिएका ११ अफगान ‘शरणार्थी’ सोमबार काठमाडौंको सिनामंगलबाट पक्राउ परे संगै सरकारले यस्तो निर्णय लिएको हो ।
अफगान नागरिक भारतpको बाटो हुँदै भैरहवाबाट काठमाडौं ‘शरणाथी’ बनेर लुकिछिपी बसेको खुलेपछि प्रहरीले उनीहरुलाई अनुसन्धान क्रममा उक्त घट्न पत्ता लगेको हो।

अहिले गृहले नै परिचयपत्र बिनाका कसैलाई पनि काममा नलगाउन पनि आग्रह गरि सकेको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रष्ट भनिएको छ– ‘कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको र पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर, अपार्टमेन्ट, फल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिएको छ । साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिनु समेत गृहले अनुरोध गरेको छ ।                                           

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?