एक किलो गाजा सहित बेनिटारबाट चितवनका गुरुङ पक्राउ

दमौली :  तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट एक किलो गाजा सहित एक युवा पक्राउ परेको छ ।

पक्राउ पर्नेमा चितवनको ईच्छाकामना गाउँपालिका – ६ चन्डी भञ्ज्याङ बस्ने बर्ष ३० को तिलक गुरुङ रहेका छन् ।

मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग २ ख ९७१ नं.को बस रोकी चेकजाँच गर्ने क्रममा बसमा रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार गुरुङलाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।

उनीहरु विरुद्ध सोमवार तनहुँ अदालतबाट दश दिनकाे म्याद थप गरि अनुसन्धान कार्य भई रहेको तनहुँ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?