
ऋषिङः भनिन्छ आफ्नो गाउँ आफैं बनाउँ हो, यसलाई कार्यन्वयन गर्न ऋषिङ गाउँपलिकाले प्रक्रिया अघि बढाएको छ । गाउँ फर्कन चाहनेका व्यक्तिहरुका लागि “गाउँफर्क अभियान“अन्तर्गत घर बनाउन एक लाख अनुदान दिने निर्णय अघि सरेको छ ।गाउँमा फर्केर बसोबास गर्न चाहनेका लागि जग्गा उपलब्ध गराउँदै घर बनाउन दिइने रकमका लागि सूचना प्रकाशन गर्ने गाउँपालिकाले निर्णय गरेको हो ।
ऋषिङ गाउँपलिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस अघि गाउँ सभाले पारित गरेको कार्यक्रम अघि बढाउने निर्णय गरेको थियो।बैठकले बस्ती स्थानान्तरणमा क्षति तथा आवश्यकता आधारमा आवास निर्माणको लागि ६० हजार रुपैयाँसम्म थप अनुदानको व्यवस्था गर्ने समेत गरेका छन् ।त्यस्तै उक्त बैठकले विद्यालयका पूर्व प्राथमिक सहयोगी र कार्यालय सहयोगीको न्यूनतम तलबमा कायम गर्ने गरि शिक्षा समितिको प्रस्ताव सर्वसम्मत पारित भएको छ ।
सरकारले व्यवस्था गरे अनुरुप उपलब्ध न्युनतम तलबमा स्थानीय तहबाट थप गरि कार्यालय सहयोगीका लागि ३ कक्षा सम्म १० हजार, पाँच कक्षा सम्मका लागि १२ हजार तथा आठ कक्षा सम्मका लागि १३ हजार रुपैयाँ तलब कायम गरेको छ ।बैठकले १२ कक्षा सम्मका लागि १४ हजार तथा विद्यालय सहयोगी सहजकर्ताका लागि १५ र लेखापालका लागि १६ हजार रुपैयाँ तलबमान कायम गर्ने प्रस्ताव सर्वसम्मत पारित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?