पाकिस्तानसँग २३८ रनको अन्तरले नेपाल पराजित

दमौली : बुधबारदेखि सुरु भएको एसिया कपको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ।

पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भएको खेलमा नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो।

पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो। ३४३ रनको विशाल लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको नेपाल २३ ओभरमै अलआउट हुन पुग्यो। नेपालले २३ दशमव ३ ओभरमा १०४ रन मात्र बनाउन सक्यो।

अब नेपालले एसिया कप अन्तर्गत दोस्रो खेल १८ गते श्रीलंकाकी क्यान्डीमा भारतविरुद्ध खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?