६ महिनापछि ड्राइभिङ लाइसेन्सको आवेदन खुल्यो

गत वैशाख १६ गतेदेखि कोरोना महामारीको कारण देखाउँदै बन्द गरेको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)कोआवेदन प्रणाली हिजो  सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ ।यातायात व्यवस्था विभागले ६ महिनापछि  सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खुलाएको हो  ।

विगतमा जसरी भिजिटिङ मिति तोकेर असीमित आवेदन नलिने तर दैनिक रुपमा कोटा अनुसार भोलिपल्टको भिजिट मिति दिएर पहिले आवेदन दिएकाहरु अहिले सम्म  पनि परीक्षा कुरिरहेकाहरुलाई भने प्राथमिकता दिईने पनि  विभागले जनाएको  छ ।

के  छ नयाँ निर्देशिकाअनुसार परीक्षा प्रणाली ? 

नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ भने ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ हुन्छ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ ।

नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गरेको छ । बिगत प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुने  व्यवस्था यातायात विभागले गरेको छ  । यसको अर्थ  सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?