अगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुनेछ ; पुर्व प्रदेश मन्त्री किरण

तनहुँ :नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पुर्व गण्डकी प्रदेशका मन्त्री किरण गुरुङले अगामी निर्वाचनबाट एमाले पहिलो पार्टी हुने   बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यासनगर कमिटीको प्रथम अधिवेशनको मंगलबार दमौलीमा उद्घाटन गर्दै नेता गुरुङले अगामी निर्वाचनमा ब्यास नगरमा एमाले पहिलो पार्टी हुनेछ भनेर दाबी गरेका छन् ।विगतमा के भयो भनेर होइन अब आगामी दिनमा  बारेमा सोधेर हिड्नु पर्ने हुन्छ गुरुङले बताए ।

‘‘ पहिले पहिले   व्यासमा एमालेको कमिटी बनाउन धेरै गारो थियो तर आज नगर अध्यक्षका लागी ७ जना आकांक्षी देखिनु यो  हाम्रो पार्टीको  सफलता हो’  उनले भने ।नेता गुरुङले खेत रोपेर मात्र हुँदैन मंसिरमा हामीले बाली भित्र्याउनु पर्छ ,अधिवेशन  मात्र गरेर हाम्रो लक्ष्य पुरा हुदैन भन्दै  पार्टीका उम्मेवारीलाई जिताएर मात्र पूरा हुनेछ । अब चाडै नै बाली  भित्र्याउने बेला आएका कारणले गर्दा खेतमा मोलजोल गर्न कार्यकर्ताहरु सँग अनुरोध गरेको छ ।

‘अव हाम्रो पार्टी  एमालेमा कुनै गुट उपगुट नभएको हुँदा सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नु पर्ने गुरुङको उम्मेदवारीहरूलाई  सुझाव दिएको  थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?