एमाले भित्र गुटबन्दी : वडा अध्यक्ष समेत रहेका रिमालले दिए पार्टीबाट राजीनामा

लमजुङ :नेकपा एमालेको नेता एबं बेसीशहर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष भोज बहादुर रिमालले पार्टीबाट राजिनामा दिएका छन् ।

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष रिमालले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजिनामा दिएको बताएका छन् । उनले पार्टी भित्रको अन्तरघात कारण पार्टीको सम्पूर्ण जिम्मेबारीबाट राजिनामा दिने समेत  विज्ञप्तिमा लेखेका छन् ।

रिमालले विज्ञप्तिमा लेखेका छन् ।एमालेको नगरअधिवेशनमा उपस्थिति प्रतिनिधिको भावना विपरित उम्मेदवार बिना सहमति नेताको ठाडो निर्देशन अनुसार नगर कमिटीको अध्यक्ष तोक्ने जुन प्रवृत्तिको पार्टी रहेछ भन्ने बुझेकोले नेकपा ऐमालेको साधरण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषण गर्दछु ।साथै उनले नेकपा एमाले साँच्चै नै सामान्त बादी पार्टी रहेको समेत आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?