दमौली : भूमि आयोगका तनहुँ जिल्ला विज्ञ सदस्य श्रीराम कार्कीबाट राजीनामा दिएका छन् । बिहिबार विज्ञ सदस्य कार्कीले पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन् ।
कानुनी रुपमा राजीनामा दिनुपर्ने बाध्यता नरहेपनि नैतिकता आधारमा आफूले पदबाट राजीनामा दिएको कार्की बताए ।
एकीकृत समाजवादीको सिफारिसमा सदस्य नियुक्त भएता पनि पार्टी परिवर्तन गरिसकेपछि पदमा बस्न उपयुक्त नठानी राजीनामा दिएको कार्कीले जनाएको छ।
आफ्नो विरुद्धमा एकीकृत समाजवादीका केही नेताहरुले सुनियोजित ढंगले प्रहार गर्ने कार्य गरेको प्रति भने कार्कीले असन्तुष्टी व्यक्त गरेका थिए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?