विरामीलाई फलफुल वितरण गरेर मनायो वीपी कोइरालाको जन्मजयन्ती

दमौली : विपि कोईरालाको ११० औं जन्मजयन्ती, देशभरी वीपीको सम्झना गरी विभिन्न कार्यक्रम गरेर मनाइदै छ ।

नेपाली कांग्रेस जिल्ला शाखा तनहुँ र नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर-२ ले दुलेगौंडामा रहेको विपिको शालिकमा माल्याणपर्ण कार्यक्रम गर्नुका साथै जीपी कोईराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा रहेको विरामी भेटघाट गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको जिल्ला सभापति एवं गण्डकी प्रदेशकाआर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले नेपाली कांग्रेस जननायक विपि कोईरालाको विचार पथमा अगाडी बढ्नुपर्ने बताए । कोईरालाले नेपाली साहित्य र राजनीतिको क्षेत्रमा दिएको योगदानको सबै नेपाली, साहित्यकार र राजनीतिज्ञले सम्मान गर्नुपर्ने बताए ।

माल्याणपर्ण कार्यक्रममा आर्थिक मामिला मन्त्री आलेसहित पार्टीका जिल्ला उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनाल, शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, नेपाली कांग्रेस तनहुँ क्षेत्रनम्बर २ का सचिव सन्तोष घिमिरे लगायत कार्यक्रममा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?