ऋषिङ गाउँपलिका -१ लाखनटोल निवासी फल बहादुर थापाले आफ्नी छोरी लक्ष्मी थापाको जन्मोत्सवको अवसरमा पैदलमार्गमा सिंढी निर्माण गरेका छन ।
युवा बिकास संघ ऋषिङ- १ का अध्यक्ष समेत रहेका थापाले छोरी लक्ष्मी २ बर्ष पुगेको अवसरमा ऋषिङ- १ झपुटार स्थित काहुँ जाने बाटोको मुखैमा सिंढी निर्माण गरेको दमौली अनलाईनलाई जानकारी दिएका छन् ।
उनले जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरी स्थानीय तथा पैदल यात्रीलाई सहज होस् भन्ने उदेश्यले अफ्नो ब्याक्तीगत खर्चमा स्थानीय बिकासमा सहयोग गरेको बताए । वडाले अरु ठुलो विकासमा काम गरेता पनि सा- साना काममा भने स्थानीयले सघाँउदा थप प्रभावकारी हुने भएकोले आफुले वडाको बिकासमा पनि केहि सहयोग पुगोस भन्ने हेतुले उक्त पौदल मार्ग निर्माण गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?