करेन्ट लागेर मुलपानीका बिर बहादुरको मृत्यु

दमौली :  तनहुँको व्यास नगरपालिका-११ मुलपानी बिजुलीको तार मिलाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोहि स्थानमा बस्ने ५२ को बिर बहादुर तामाङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी दिए ।

आफ्नै घरको बिजुलीको तार मिलाउने क्रममा करेन्ट लागी घाईते भएकोमा निजलाई तत्काल उपचारको लागि दमौली अस्पताल ल्याएकोमा निजको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?