पछिल्लो २४ घण्टामा ३१ सय २२ संक्रमित थपिए : २८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप तीन हजार १२२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर परीक्षण र एन्टिजेन परीक्षणमा तीन हजार बढीमा संक्रमण पुष्टि भएको हो ।

९ हजार २९२ जनाको पीसीआर परीक्षाण गर्दा तीन हजार ३२ र  सात सय ८६ जनाको एन्टिजेन परीक्षणमा ९० गरेर आइतबार तीन हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३९२ रहेको छ ।

प्रवक्ता गौतमका अनुसार २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१ सय ६४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ भने अहिले ६९ जना क्वारेन्टाइनमा रहेका छन् । २४ घण्टामा ३१ सय २२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या तीन लाख ११९ पुगेको छ । जसमध्ये २ लाख ७७ हजार ५७३ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?