दमौली : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्ट (एमसिसी) कार्यान्वयनविरुद्ध दमौलीमा मार्चपास कार्यक्रम गरेको छ ।
असोज ४ गते देखि सुरु भएको मार्चपास विभिन्न ठाउँमा सकेर टोली आइतबार दमौली आइपुगेको जनाएको छ । जनताले कुनैपनि हालतमा एमसीसी कार्यान्वयन गराउन दिन नहुने पार्टीका केन्द्रिय सदस्य एवं तनहुँ ईन्चार्जक क. निशानकोले बताए ।
उनले भने -‘हाम्राे पार्टी विकास विराेधी पार्टी हाेइन, दमौलीका जनता पनि विकास विराेधी हाेइनन् । विकासमा नाममा साम्राज्यवादले नेपालकाे सार्वभौमसत्तामाथि हस्ताक्षेप गर्न खाेज्छ भने नेपाललाई सैन्य अखडा बनाउन खाेज्छ भने त्यसकाे हामी प्रतिकार गर्छाैं ।’
व्यास १३ को पोखरीभन्ज्याङ्गमा विद्युतको नाममा जग्गा अधिग्रहण गरेको तर त्यसको विरुद्ध आम जनताले मुद्धा दिएता पनि सरकारको रवैयाको कारण उक्त स्थानमा भवन वनिरहेको समेत उनले वताए ।
काठमाडौको लप्सीफेदीवाट सुरु भएको अभियानको विभिन्न जिल्लामा गर्ने जनाएको छ ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?