आँबुखैरेनीमा राेलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने  २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पार्किङ गरी राखेको चाईना कम्युनिकेशन कन्ट्रक्सन कम्पनी लि.को रोलरबाट डिजेल चोरी गरेको अभियोगमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–५ याम्पा बस्ने २७ वर्षीय सुलोचन भट्टराई र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० बस्ने २८ वर्षीय रामबहादुर चमार रहेका छन् । उनीहरुले रोलरबाट एक सय दश लिटर डिजल चोरी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट  खटिएको टोलीले उक्त चोरी गरेको डिजेल बा २० च ७४९ नम्बरको ईसुजु हायलक्स गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।पक्राउ परेका विरुद्ध तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?