युवा नेता खनालद्वारा जिल्ला सचिवमा उम्मेदवारीको घोषण

तनहुँ : नेपाली काङ्ग्रेक तनहुँको जिल्ला अधिबेशन आगामी मंसिर १० गते हुंदैछ । अधिबेशनमा जिल्ला सचिव पदको लागि युवा नेता लक्ष्मीभक्त खनालले उम्मेदवारी घोषणा गरेका छन् । खनालले बिहीबार १४औ महाधिवेशनमा पार्टीको जिल्ला सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

काङ्ग्रेसलाई चलायमान बनाउनका लागि आफ्नो उम्मेदवारी रहने खनालले बताए ।पार्टीको सङ्गठन सुदृढीकरणका साथै गाउँ-गाउँमा पुगेर जनताको सेवा गर्ने उद्धेश्यका साथै आम जनताको सेवा गर्ने मेरो मुख्य लक्ष्य हुने खनालले बताएका छन्।

खनाल हाल जेसीआई व्यास नगरका अध्यक्ष हुन् ।दई पटक नेपाल विद्यार्थी सङ्घको अध्यक्ष भएका सामाजिक सेवामा सक्रिय खनाल युवामाझ लोकप्रिय छन् भने सक्षम र अबल युवा नेता मान्नेहरु जिल्लामा धेरै छन्  । नेपाली काङ्ग्रेस जिल्ला आमन्त्रित सदस्य समेतरहेका उनि नेपाल विद्यार्थी सङ्घका पूर्व सहमहामन्त्री पनि भइसकेका छन् ।

कोरोना महामारीको बेलामा जनताको सेवामा निकै सक्रियता साथ लागिपरेका उनले कोरोना संक्रमितहरुलाई आफैंले बिरामी भेटेर निशुल्क एम्बुलेन्स मार्फत अस्पताल सम्म पुर्याउने,बटुवाहरुलाई निशुल्क खानेपानीको लागि अनसन चौतारीमा जेसिस धारा निर्माण लगाएत अन्य विभिन्न सामाजिक कार्यमा सधै सकृयतामा साथ लागि पर्ने उनको प्रशंसक पनि उत्तिकै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?