
दमौली: तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ वेनीटारबाट लागुऔषध सहित एक पक्राउ परेका छन् ।
पर्साको छिपहरमाई गाउँपालिका-२ जयमंगलपुर बस्ने २८ वर्षीय सुखलाल मुखिया पक्राउ परेका हुन्।
बिरगञ्जबाट पोखरातर्फ आउदै गरेको ग १ख ००८९ बस रोकी चेकजाँच गर्दा लागु औषध नाइट्राभेट २९ पत्ता (४३५ ट्याब्लेट) फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।
शुक्रबार तनहुँ अदालतबाट सात दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?