दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तनहुँको दुलेगौंडामा भोलि क्षेत्रीय सभा गर्ने भएको छ ।
भोलि असोज २२ गते दुलेगौंडामा क्षेत्रीय सभा गर्ने भएको जिल्ला संयोजक विकास सिग्देलले जानकारी दिए ।
उक्त सभालाई रास्वपाका सभापति रवि लामिछाने र प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले सम्बोधन गर्ने छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको ‘पशुपति–मुक्तिनाथ यात्रा’ अन्तर्गत आगामी सोमबार दुलेगौंडाको बिपीचोकमा तनहुँ क्षेत्र नम्बर २ स्तरीय सभा आयोजना गरिएको सिग्देलले बताए ।
दुलेगौंडाको बिपीचोकमा २२ गते बिहान ८ बजेदेखि ११ बजेसम्म सभा हुने रास्वपाले जनाएको छ ।
सह संयोजक सुर्यमणि पौडेलले देशमा देखिएको अराजक गतिविधि विरूद्व जनतालाई जागरुक गराउन सभाको आयोजना गरिएको बताए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?