दमौली : गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले आफु मन्त्री भएपछि समानुपातिक प्रणालीबाट बजेट बाँडफाँड भएको दाबी गरेका छन्।
शनिवार गुणादीमा रहेको फ्रेण्डसीप युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घघाटन मन्त्री जीतप्रकाश आलेले समानुपातिक प्रणालीबाट बजेट बाँडफाँड भएको दाबी गरेका हुन्।
सोही अवसरमा मन्त्री आलेले प्रदेश सरकारले पहुँचको भरमा छुट्टाएका बजेटको धर्रालाई आफु आर्थिक मामिला मन्त्री भएसी अन्त्य गरेको बताए ।
“अघिल्ला सरकार मन्त्रीका क्षेत्रमा बढी बजेट विनियोजन गर्ने,”उनले भने:” अन्य आबश्यकता क्षेत्रमा बजेट नै नदिने प्रबृति मैले अन्त्य गरेको छु ।”
आफु मन्त्री भएपछि आफुले समानुपातिक प्रणालीबाट बजेट बाँडफाँड गरेको मन्त्री आलेको दाबी छ ।
संघ , प्रदेश र स्थानीय तीन वटै सरकार आआफ्नैँ तरिकाले चल्दा जनताले संघियता माथि प्रश्न उठाउने गरेको आलेले बताए ।
साथै मन्त्री आलेले खेलाडीको गहना नै अनुशासित , धैर्यता र इमानदारीता भएको बताए।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?