तनहुँ कांग्रेसका पुर्व सचिव बास्तोला रास्वपाको प्रदेश सदस्य मनोनित

दमौली : तनहुँ कांग्रेसका पुर्व सचिव समेत रहेका विश्व बास्तोला राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सदस्यमा मनोनित भएका छन् ।

रास्वपा केन्द्रीय संगठन विभागले बास्तोलालाई प्रदेश सदस्यमा मनोनित गरेको जिल्ला संयोजक विकास सिग्देलले जानकारी दिए  ।

बास्तोला कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका थिए । तनहुँ-१ को उपनिर्वाचनमा रास्वपाबाट निर्वाचन परिचालन संयोजकको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?