नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति विज्ञ डा. भक्त राईले कार्यक्रमको उद्घाटन हरेक चिजको आफ्नो आफ्नो धर्म हुने बताए । उनले भने ; हरेक चिजको आफ्नो आफ्नो धर्म रहेको हुन्छ, पानीको, मानिस, जनावर, जीव , निर्जीव सबै हुन्छ। ‘पूर्वीय साहित्यका महाकवि वेदव्यासले यहि भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दावी र विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसारप्रसार सबै मिलेर गर्नु पर्ने बताए ।
उक्त कार्यक्रममा कार्तिक १६ गते संस्कृति विद डा.जगमान गुरुङ, कार्तिक २४ गते महेश सन्यास आश्रम देवघाटधामका स्वामी १००८ रमणानन्द गिरीजी महाराजको उपस्थिति रहने प्रतिष्ठानका प्रमुख संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले बताए ।
एक महिनासम्म ओमकार परिवार भित्र रहेका हिन्दु, बौद्ध, शिख र जैनलाई एकै ठाउँमा भेला भई धार्मिक अनुष्ठान र प्रवचन गराउने उनले बताए ।
व्यासका अध्येता काशीनाथ न्यौपानेले वैदिक सनातन धर्म भित्र ओमकार परिवारको एकता आवश्यक रहेको बताए । हिन्दु, बौद्ध, शिख र जैन वैदिक सनातन धर्मका चार फरक सम्प्रदाय भएको चर्चा गर्दै न्यौपानेले सबैको एकताले मात्र ओमकार परिवार बलियो हुने बताए ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि ओझेलमा परेको महशुस गरिएको व्यास नगरपालिका प्रथम नगरप्रमुख एवं प्रतिष्ठानका सल्लाहकार तारा प्रसाद श्रेष्ठले बताए । उनले भने, ‘पूर्वीय साहित्यका महाकवि वेदव्यासले यहि भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दावी र विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसारप्रसार हुन सकेको छैन ।’
प्रतिष्ठानका महासचिव ऋषिराम ढुंगाना लगायतले महामिलन पर्वले नेपालको हरेक जिल्लामा व्यास भूमिको चर्चा हुन थालेको र वेद अनुयायीहरुको संख्यामा पनि वृद्धि भएको बताए ।
बिगत ७ वर्ष देखि निरन्तर एक महिने विश्व ओमकार तथा हिन्दु महामिलन पर्व आयोजना गर्दै आएको प्रतिष्ठानका अन्जनराज न्यौपानेले बताए ।
प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीको अध्यक्षमा भएको कार्यक्रममा दमौलीका विभिन्न आमा समुह टोलका प्रतिनिधिहरुको उपस्थित रहेको थिए ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?