कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । २०७४ सालमा प्रदेशसभा निर्वाचन भएपछि मुख्यमन्त्री नियुक्त भएका शाहीले करिब साढे ३ वर्षपछि राजीनामा दिएका हुन् ।
सोमबार मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै आफ्नो पालमा सरकारले गरेका कामहरुको विवरण प्रस्तुत गरी राजीनामा घोषणा गरेका छन् ।
शाहीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?